नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले आआफ्नो स्थापना कालदेखि नै भौतिक उपस्थितिमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा ‘फेसबुक लाइभ’ मार्रफत् साहित्यिक कार्यक्रम सञ्चालन गर्दैआएका छन् । अनलाइन मार्रफत् सञ्चालन गरिएका रचनावाचन कार्यक्रममा न्युजिल्यान्ड र नेपालका अलावा विश्वका विभिन्न भागमा बसोबास गरिरहनुभएका नेपाली–भाषी साहित्यकार तथा स्रष्टाहरुको सहभागिता रहँदैआएको छ । यस संग्रहमा तिनै साहित्यकार तथा स्रष्टाहरुका रचना समावेश गरिएको छ ।