नेपाली साहित्य समाज न्युजिल्यान्डको आयोजना न्युजिल्यान्डको क्राइस्टचर्चमा ८ जुलाइ २०२३ का दिन सम्पन्न एक साहित्यीक कार्यक्रममा नेपाली साहित्य समाज न्युजिल्यान्डका आजीवन सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनुहुने आजीवन सदस्यहरु प्रा डा राजेश ढकाल, डा भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य, बिष्णु पोख्रेल, गोपाल प्रसाद कँडेल, डा नारायणी तिवारीलाई नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा वीरेन्द्र केसीले आजीवन सदस्यता प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने सल्लाहकारहरु बाबुराजा महर्जन, डा भोला प्रधान, कार्यसमिति सदस्य इन्दु काफ्ले, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका कोषाध्यक्ष अमुल्य नेपाल र क्यान्टरवरी नेपालिज सोसाइटिका उपाध्यक्ष जीवन अर्यालले खादा र टोपी लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।
समाजका अध्यक्ष डा। वीरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त समारोह कोषाध्यक्ष डा। शिवप्रशाद पोखरेलको संयोजनमा आयोजना गरिएको थियो । समाजका बरिष्ठ सल्लाहकार डा। भोला प्रधानले उद्घाटन गर्नु भएको सो कार्यक्रममा नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका तर्फबाट कोषाध्यक्ष अमुल्य नेपालले र क्यान्टरवरी नेपालिज सोसाइटिका तर्फबाट उपाध्यक्ष जीवन अर्यालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
समाजका कोषाध्यक्ष डा। शिवप्रशाद पोखरेल र सचिव गोपाल प्रसाद कँडेलले संचालन गर्नु भएको सो कार्यक्रममा झण्डै साठि जना जति नेपाली भाषा र साहित्य प्रेमीहरुको उपस्थित थियो । कार्यक्रममा समाजका सल्लाहकारहरु डा। भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य लगाएत बिष्णु पोख्रेल, सुमित्रा प्रधान, पदम अधिकारी, चिरंजीव प्रसाद ढकाल, डा। इश्वरी न्यौपाने, के पि रिजाल, जिवन अर्याल, डा। सरिता केसी, गोपाल पौडेल, गोपाल प्रसाद कँडेल र गंगा शापकोटाले रचना वाचन गर्नु भएको थियो । बिचबिचमा नेपाली पोसाकमा सजिएका साना बाबु नानीहरु द्घारा प्रस्तुत नृत्यहरुले कार्यक्रमलाई थप आकर्षक वनाएको थियो । नृत्य गर्ने कलाकार बाबु नानीहरुलाई समाजका कार्यसमिति सदस्य इन्दु काफ्लेले प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रमका सभाअध्यक्ष डा। वीरेन्द्र केसीले कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।