नेपाली साहित्यको उत्थान - हाम्रो अभियान    
नेपाली साहित्य समाज न्युजिल्यान्ड    
स्थापना ७ सेप्टेम्बर २०१६    
नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ।

“स्पन्दनः शब्द सगरमाथा” माथि पुस्तक चर्चा कार्यक्रम सम्पन्न

नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले साहित्य पोस्टसंगको प्राबिधिक समन्वयमा हालै प्रकाशित गरेको पहिलो संयुक्त साहित्यिक कृति “स्पन्दनः शब्द सगरमाथा” माथि १३ मे २०२३ का दिन पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली साहित्य समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको संयोजनमा अनलाइनमा आयोजित उक्त कार्यक्रम बरिस्ठ साहित्यकार डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्य र डा. रेणुका सोलुको बिशिस्ठ आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्य पोस्टका प्रधान संपादक अश्विनी कोइराला, नेपाली साहित्य समाज न्युजिल्यान्ड का उपाध्यक्ष युवराज भण्डारी, संस्थापक अध्यक्ष पशुपति कर्माचार्य, गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड का अध्यक्ष उद्घव अधिकारी लगाएत अहिलेका चर्चित युवा साहित्यकारहरु राधिका कल्पित, शरद पोखरेल, बिन्दा पराजुलि र दिप मिलनको सहभागिता रहेको थियो ।
कृति माथि चर्चा गर्दै प्रबासको ब्यस्त समयमा पनि आफ्नो भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने पुनित उद्घेश्यका साथ कृति प्रकाशित गरेकोमा प्रमुख अतिथि डा. परिश्रमीले नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डप्रति आभार ब्यक्त गर्नु भयो । नेपाली साहित्य समाज न्युजिल्यान्डले बिभिन्न समयमा अनलाइनमार्फत सञ्चालन गर्दै आएका रचनावाचन कार्यक्रममा सहभागी न्युजिल्यान्ड र नेपालका अतिरिक्त विश्वका विभिन्न भागमा बसोबास गर्दै आएका पुराना र नयाँ पुस्ताका नेपाली भाषी साहित्यकार तथा स्रष्टाहरुका रचना लाई उत्तिकै महत्वका साथ कृतिमा स्थान दिएकोमा डा परिश्रमीले सम्पादक मण्डलको प्रशंसा गर्नु भयो ।
त्यस्तै बिशिस्ठ अतिथि डा रेणुका सोलुले नेपालीहरु संसारको जुन सुकै कुनामा गएर बसे पनि आफ्नो मातृ भाषा प्रति उच्च माया र स्नेह राख्छन भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको यो कृति लाई लिन सकिने कुुरा ब्यक्त गर्नु भयो । वेला वेलामा कार्यक्रमको आयोजना गरेर सुन्ने सुनाउने अवसर दिने मात्र नभएर वानच गरेका रचनाहरुलाइ कृतिको रुपमा प्रकाशित गर्ने कार्यको प्रसंसा गर्नु भयो । नयाँ र अग्रजका रचनाहरुलाइ एकै ठाउमा राखेर नयाँ पुस्तालाई अग्रजका रचनाहरु बाट शिल्प सिक्दै आफुलाई परिस्कृत गर्दै जाने अवसर कृतिले प्रदान गरेको कुरा डा सोलुले बताउनु भयो ।
साहित्य पोस्टका प्रधान संपादक अश्विनी कोइरालाले नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड संगको सहकार्य र यस बाट नेपाली भाषा र साहित्यमा पुरउदै आएको योगदानको चर्चा गनु भयो । नेपाली साहित्य समाज न्युजिल्यान्ड का अध्यक्ष डा वीरेन्द्र केसी र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष उद्घव अधिकारी ले कृतिको लागि रचना उपलब्ध गराउने सम्पूर्ण स्रष्टाहरु तथा कृति प्रकाशनमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा योगदान पुर्याने सबै सुभचिन्तुहरुलाई हार्दिक धन्यबाद दिदै आगामि दिनहरुमा पनि यस्तै सहकार्यका साथ नेपाली भाषा र साहित्यको संवर्द्धन लागिरहने प्रण गनु भयो । कृति चर्चाको अलावा कार्यक्रममा उपस्थित सबै स्रटाहरुले रचना वाचन पनि गर्नु भएको थियो ।

Share this event: