नेपाली साहित्य समाज न्युजिल्यान्डले समाजका अध्यक्ष डा. वीरेन्द्र केसीलाई नेसास नेपाली साहित्य सृजना सम्मान २०२३ र बरिष्ठ सल्लाहकार श्रीधर बस्न्यातलाई नेसास नेपाली साहित्य सेवा सम्मान २०२३ बाट सम्मानित गरेको छ । न्युुजिल्यान्डको अकल्यान्डमा २४ सेप्टेम्बर २०२३ का दिन सम्पन्न एक साहित्यिक कार्यक्रममा मुल्याङ्कण समितिका संयोजक उद्घव अधिकारी र सदस्य कमल प्रसाद श्रेष्ठले उक्त सम्मान प्रदान गर्नु भएको थियो । नेपाली साहित्य समाज न्युजिल्यान्डले नेपाली साहित्य सृजनामा अविछिन्न रूपमा योगदान पु¥याउँदै आउनु भएका स्रष्टा तथा साहित्यकारलाई उहाँहरुको योगदानको कदर गर्दै हरेक बर्ष “नेसास नेपाली साहित्य सृजना सम्मान” प्रदान गर्ने गर्दछ । त्यस्तै नेपाली भाषा र साहित्यको प्रवर्धनमा योगदान पु¥याउँदै आउनु भएका ब्यक्ति तथा संध संस्थाहरुलाई हरेक बर्ष “नेसास नेपाली साहित्य सेवा सम्मान” प्रदान गर्ने गर्दछ ।
डा. वीरेन्द्र केसीका आमाको काखमा दुखेको देश र किवीको देशमा डाँफेको गुञ्जन गरि दुइ वटा कृतिहरु प्रकाशित छन भने जुनको रोटी प्रकाशनको अन्तिम चरणमा छ । श्रीधर बस्न्यातले थुप्रै कविता र लघुकथाहरु सृजना गर्नु भएको छ । उहाँ साहित्य समाजको स्थापनाकाल देखी नै निरन्तर सल्लाहकारको रुपमा रहेर नेपाली भाषा र साहित्यको प्रवर्धनमा बिशिष्ट योगदान पु¥याउँदै आउनु भएको छ । सम्मान पछि कार्यक्रममा बोल्दै स्रष्टा द्घयले सम्मानित हुन पाउँदा गर्व महशुस भएको र थप लेखनका लागि हौशला मिलेको कुरा बताउनुभएको थियो ।
बरिष्ठ सल्लाहकार बाबुराजा महर्जनको संयोजन र संचालनमा सम्पन्न उक्त कार्यक्रममा साठि जना नेपाली भाषा र साहित्य प्रेमी महानुभावहरुको उपस्थित थियो भने झन्डै बिस जना स्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो ।