७ सेप्टेम्बर २०२४ का दिन न्युजिल्यान्डको अकल्यान्डमा नेपाली साहित्य समाज न्युजिल्यान्डको आठौं स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम बरिष्ठ सल्लाहकार उद्घव अधिकारीको संयोजन र आजीवन सदस्य डा यज्ञ राज पन्तको सहजिकरणमा संचालन गरिएको थियो । समाजका संस्थापक अध्यक्ष पशुपति कर्माचार्य र आजीवन सदस्य प्रा पीताम्वर शर्मा दाहालले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गर्नु भएको थियो भने कार्यक्रममा बरिष्ठ सल्लाहकार कमल प्रशाद श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा समाजका चार जना आजीवन सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनुहुने आजीवन सदस्यहरु दिनेश खड्का, श्याम मधिकर्मी, शत्य देवी शर्मा र मिलन थापालाई समाजका अध्यक्ष डा वीरेन्द्र केसीले आजीवन सदस्यता प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने संस्थापक अध्यक्ष पशुपति कर्माचाय र उक्त कार्यक्रमका संयोजक उद्घव अधिकारीले क्रमस टोपी र खादा लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।
समाजले यस अघि पामस्टर्नमा आयोजित साहित्यिक कार्यक्रममा तिन जना आजीवन सदस्यहरुलाई सम्मान प्रदान गरेको थियो । सम्मानित हुनुहुने आजीवन सदस्यहरु डा रमिल अधिकारी, लक्ष्मण भट्टराई र डा जया तिवारीलाई समाजका अध्यक्ष डा वीरेन्द्र केसीले आजीवन सदस्यता प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने उक्त कार्यक्रमका संयोजक टिका रेग्मीले खादा र डा जया तिवारी र डा सरिता केसीले टोपी लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो । हल सम्म समाजले ४९ जना आजीवन सदस्यहरुलाई सम्मान प्रदान गरिसकेको छ । आजीवन सदस्यहरुले न्यजिल्यान्डमा नेपाली भाषा र साहित्यको प्रबर्दनमा महत्वपूर्ण योगदान गर्दै आएका छन ।
अकल्यान्डमा सम्पन्न आठौं स्थापना दिवस तथा वार्षिक साधारण सभामा यस वर्षको साहित्य सृजना सम्मान कविद्घय नमिता दवाडी र डा प्रकाश राज जोशीलाई र साहित्य सेवा सम्मान वरिष्ठ सल्लाहकार बाबुराजा महर्जनलाई प्रदान गरिएको थियो । सम्मानित हुने कविद्घय नमिता दवाडी र डा प्रकाश राज जोशी र बाबुराजा महर्जनलाई मूल्याङ्कन समितिका सदस्यद्घय विनोद भौकाजी र विनोद आचार्यले क्रमस सम्मान पत्र र खादा लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।
नेपाली साहित्य समाज न्युजिल्यान्डको स्थापनामा पु¥याउनु भएको अतुलनीय योगदान एवम् यस समाजको उत्थानको लागि प्रदान गर्नु भएको महत्वपूर्ण समय, सदभाव र सिर्जनात्मक मूल्यको उच्च कदर गर्दै बरिष्ठ साहित्यकार एवम् यस समाजका आजीवन सदस्य प्रा पीताम्वर शर्मा दाहाललाई बिशेष सम्मान प्रदान गरिएको थियो । उहाँलाई समाजका अध्यक्ष डा वीरेन्द्र केसीले सम्मान–पत्र प्रदान गर्नु भएको थियो भने संस्थापक अध्यक्ष पशुपति कर्माचार्यले खादा लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा महासचिव गोपाल प्रशाद कंडेलकोे प्रगति प्रतिवेदन र कोषाध्यक्ष डा शिव प्रसाद पोखरेलको आर्थिक बिबरण पेश गरिएको थियो । त्यस्तै बिधान संशोधन समितिका सदस्य डा सन्तोष भण्डारीले संशोधित बिधान प्रस्तुत गर्नु भएको थियो ।
झण्डै ३५ जना जति नेपाली साहित्य प्रेमीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पशुपति कर्माचार्य, श्रीधर वस्न्यात, बाबुराजा महर्जन, विनोद भौकाजी, विनोद आचार्य, प्रा पीताम्वर शर्मा दाहाल, श्याम मधिकर्मी, डा यज्ञराज पन्त, डा प्रकाश जोशी, मिलन थापा रचना वाचन गर्नु भएको थियो भने रविन आचार्य गित प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका सभाअध्यक्ष डा. वीरेन्द्र केसीले कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।