नेपाली साहित्यको उत्थान - हाम्रो अभियान    
नेपाली साहित्य समाज न्युजिल्यान्ड    
स्थापना ७ सेप्टेम्बर २०१६    
नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ।

पशुपति कर्माचार्यको कविता संग्रह समानताको चिराग विमोचन

कविताको संग्रह विमोचन

गत पौष ४ आइतवारका दिन नेपाली साहित्य समाज न्युजिल्यान्डको आयोजनामा साहित्यकार पशुपति कर्माचार्यको कविता संग्रह समानताको चिराग वोकेर जूम मार्फत नेपाल तथा न्युजिल्यान्डका साहित्यकारहरुवाट एक कार्यक्रमका वीच एक साथ जिमोचन गरियो । प्रमुख अतिथी साहित्यकार तथा कवि धु्रव मधिकर्मीले उक्त कृतिको विमोचन गर्नु भएको थियो ।
न्युजिल्यान्डमा रहेका संघ संस्था तथा साहित्य प्रेमीहरुले कृतिकार कर्माचार्यलाई वधाई तथा शुभकामना दिनु भएको थियो भने वहाँका केही कविताहरु पनि वाचन गरिएको थियो । उक्त अवसरमा कवि पशुपति कर्माचार्यले आफ्नो कविता यात्राको स्मरण गर्दै विमोचनमा सघाउनु हुने सवैलाई धन्यवाद दिनु भयो । कार्यक्रम नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा वीरेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कविता संग्रहमा समावेश ६९ वटा कविताहरुका वारेमा कवि तथा समालोचक कृष्ण प्रधान र न्युजिल्यान्डमा वस्नुहुने श्रीधर वस्न्यातले विश्लेषणात्मक समिक्षा गर्नु भएको थियो । यसको साथै दायित्य वाङमय प्रतिस्ठानका अध्यक्ष तथा नियात्राकार राम प्रसाद पन्तले कविता प्रकाशन तथा सम्पादनका बारेमा बिबेचना गर्नु भएको थियो ।

Share this event:

Event Details

  • End Date: April 12, 2025
  • Location: 13C Shirley Road, Christchurch Canterbury 5810
  • Phone: +64 1234567890